fbpx

हिसान कास्कीको वक्तृत्वकलामा दुवै विधामा प्रतिभा मावि प्रथम

author

समाचारपाटी

१ year अगाडि

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट हुनुभएकाे हाे । यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पार्नुभयाे ।

नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गर्नुभयाे ।

अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो। जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुभयाे ।

कास्कीभरका हिसानमा आबद्ध विद्यालयमध्ये आफ्नो विद्यालय दुवै विधामा सर्वोत्कृष्ट बनेपछि प्रतिभा माविका प्राचार्य किरण सापकोटाले खुशी व्यक्त गर्दै छात्राहरुको शैक्षिक एवम् प्राज्ञिक उन्नयनको कामना गर्नुभएकाे छ ।

यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ । नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय हुनुभयाे । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय हुनुभयाे ।

अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गर्नुभएकाे थियाे । चाउथे स्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा आयोजित कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन