fbpx

१२ करोड लगानीमा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज शुरु

author

समाचारपाटी

२ years अगाडि

पोखरा । डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ ।

पोखराको लेकसाइडस्थित हल्लनेचोकमा रहेको प्राली १२ करोड लगानीमा शुरु गरेकाे समुहले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । एउटै छाना मुनि बिभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बल्कानी सहित १५ कोठाहरु रहेका छन् । माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले जानकारी दिनुभयो ।

आधुनिक लिफ्ट समेत जडान गरिएको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दिकोट लगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ । चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरु रेष्टुरेण्टमा पाइने पौडेलले बताउनुभयो । १६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भन्ज्याङ, पलेटी, कौशी, पालि, पानी फोहोरा, खुल्ला आकाश लगायत फरक फरक कक्षहरुको निर्माण गरिएको छ ।

४० जना अटने हल समेत रहेकाले सभा सेमिनारका लागि पनि यो स्थान उपयुक्त भएको प्रालिका अर्का निर्देशक विश्वराज पौडेलले पत्रकार माझ जानकारी दिनुभयो । सन २०१८ को अगस्ट देखि निर्माण सुरु हिमालयन ग्लोरी इन प्रा. लि. को सुरुवाती लागत करीब रु १० करोड अनुमान गरेको भएपनि निर्माणकार्य पुरा नहुँदै कोरोना संक्रमणका कारण निर्माण अवधि लम्बिदा लगानी बढेर १२ करोड पुगेको पौडेलले जनाउनुभयो ।

हरेक हप्ताको ३ दिन ‘सोलो आर्टिष्ट’को सांगेतीक प्रस्तुती रहने रेष्टुरेण्ट परिषरमा हरियाली र बगैचा निर्माण गरिएको छ । होटलका कोठाको सजावटमा रहेका अधिकांश सामग्रीहरु ढाकाको कपडा, थान्का, नेपाली पेन्टीङ लगायतका नेपाली उत्पादनलाइ प्राथमिकता दिई प्रयोग गरिएको छ । रेष्टुरेण्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारीहरु रहेका प्रालीका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन