हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान शुरु गरेको छ । हिमालय एयरलाइन्सले शनिवार नेपालको राजधानी काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान शुरु गरेको हो । एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ ।
एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौंदेखि सांघाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ भने डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ । सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौंस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिधा उडान पुनः शुरु गरेको हो ।
सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय शहर छिङदाओमा सिधा उडान शुरु गरेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ दुतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवद्र्धनमा टेवा विश्वास छ । पर्यटन क्षेत्र नेपालको लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।
सिन्ह्वा