भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरो परि मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो

author

समाचारपाटी

२ years अगाडि

नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पुर्‍याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना अझै हराइरहेका छन्।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ। यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ।   बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ।

भारतीय वायु सेनाका डुङ्गा र हेलिकप्टरहरू कठिन भू–भागहरूमा प्रभावितहरूको उद्धारका लागि सेवामा खटिएका छन्। हिमाञ्चल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लू र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन्।

अहिलेसम्म करिब ३०० सडक र राजमार्गहरूको यातायात प्रभावित भएको छ।  एक सय वर्षभन्दा पुरानो सिमला–कालका रेल मार्गको लिक केही स्थानमा उखेलिएको छ, पुलहरू भत्किएका छन् भने ट्रान्सफर्मरहरू ढलेका वा बिग्रिएका छन्। धेरै खानेपानी परियोजनाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा राज्यको सामान्य जनजीवन अस्तव्यस्त भएको छ।

हिमाञ्चल राज्य सरकारी अधिकारीहरूले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसलपूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन्।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार राज्यलाई १०० अर्ब भारतीय रूपैयाँ (करिब १.२ अर्ब अमेरिकी डलर) बराबरको क्षति भएको थियो र प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तिमा एक वर्ष लाग्ने बताइएको छ। 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’