सगरमाथा क्षेत्रमा भ्रमण गर्नेको संख्या ७० प्रतिशतले बढ्यो

author

समाचारपाटी

२ years अगाडि

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवगमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७०.१७ प्रतिशतले वृद्धि भएको हो । 

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ७ हजार ४ सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन्।

चालु आर्थिक वर्षको साउनमा ३८५,भदौमा ६९०,असोजमा ६ हजार ७ सय ३१,कार्तिकमा १३ हजार १ सय ५८ र मंसिरमा ४ हजार ६५ जना भ्रमणकर्ता खुम्बु पुगेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार ५ महिनामा २१ हजार ८५३ जना विदेशी र ३ हजार १७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये १ हजार ९९० सार्क मुलुकका र १० हजार ८६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्यांक छ ।

निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट ५ महिनामा ३ करोड ५५ लाख ७७ हजार १७६ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शूल्क लिने गरेको छ भने सार्क मूलुकका नागरिकबाट १ हजार ५ सय र नेपाली पर्यटकबाट १०० रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से,चोयू, ल्होत्सेसार, पुमोरी,आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत रहेको छ ।

यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’