काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। बुधबार राति उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा न्यायाधीश रेग्मीको निधन भएको हो। न्यायाधीश रेग्मी ब्रेन ट्युमरबाट पीडित थिए।
न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। न्यायाधीश रेग्मीको निधनमा उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन गरेको छ। ६१ वर्षीय रेग्मीको पशुपति आर्यघाटमा अहिले अन्तिम दाहासंस्कार भइरहेको छ।