fbpx

दाइजो कसुरका आरोपित डा.पंकज चौधरीलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरकाे आदेश

author

समाचारपाटी

२ years अगाडि

जनकपुरधाम । दाइजो कसूरका आरोपित डा. पंकज चौधरीलाई तीनलाँख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीले पूर्वपक्षका लागि जेल चलान गरेका चौधरीलाई उच्च अदालत जनकपुरले राहत दिँदै धरौटीमा छोड्न आदेश दिएको हो ।

उच्च अदालत जनकपुरको इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिनुभयाे । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका १ माइत भएकी २१ वर्षीया नेहा चौधरीले मुद्दा दायर गर्नुभएकाे थियाे । तीन वर्षको प्रेमपछि २५ फागुन २०७८ मा नेहा र पंकज बीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आउनुभएकाे छ । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएकाे प्रहरीले बताएकाे छ । विवाहको चार महिना पछि दुबैबीच मनमुटाव उत्पन्न भएको थियो ।

दाइजोसम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर जेल सजाए भएकाे थियाे । चौधरी अहिले थुनामै रहेकाे प्रहरीले जनाएकाे छ ।

annapurnapost


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने