पोखरा । तेस्रो हेरिटेज अफ फेशन नेपाल पोखरामा सम्पन्न भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेशन शेमा नेपालका टप मोडलहरु र्याम्पमा उत्रेका थिए । पोखराको लेकसाइड स्थित हेरिटेज होटलमा भएको फेशन शेमा नेपालको फेशन डिजाइनिङमा ख्याती कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल र्याम्पमा उत्रेका थिए । सो अवसरमा नेपालका विभिन्न जातजातिका पुख्रयौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेशन सो कार्यक्रमको उदघाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रम मार्फत टेवा पुग्ने बताउनुभयाे । उहाँले यस्ता कार्यक्रम मार्फत अहिलेका युवाहरुलाई नेपालको सभ्यता र
सम्पदाका विषयमा समेत जानकारी मिल्ने अभिव्यक्ति दिनुभयाे । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै उहाँले सो कार्यक्रमको निरन्तरताको कामना समेत गर्नुभएकाे थियाे ।

कार्यक्रममा शो स्टपरको रुपमा पोखराका व्यवसायी एवम चलचित्रकर्मी सन्तोष अधिकारी र्याम्पमा आउनुभएकाे थियाे । उहाँले नेपालको संस्कृति झल्काउने पहिरन लगाउनुभयाे । अधिकारीले यसअघि पनि नेपाल लगायत अष्ट्रेलियामा आयोजना गरिएको
फेशन सो मा शो स्टपरको रुपमा र्याम्पमा उत्रिनुभएकाे छ । चलचित्र आमाको सह—निर्माता समेत रहेका अधिकारीले नै हेरिटेज अफ फेशन नेपालको अवधारणा ल्याउनुभएकाे हाे । अधिकारी सँगै सुनीसा बजगाई, एण्जल श्रेष्ठ, स्वीन्जा सुमन,
दिपा मगर शो स्टपरको रुपमा र्याम्पमा उत्रिनुभयाे ।


फेशन शेमा डिजाइनहरु तिर्सना गुरुङ, रोबिन परियार, अमितेस कर्ण, मनिस बोगटी,आयुश ठकुरी, सजिना बिष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार अर्पण थापाको विशेष उपस्थिति थियो भने चलचित्र निर्माता
शर्मिला पाण्डे, निर्देशक घनश्याम लामिछाने, नेपाल एयरलायन्सकी क्याप्टेन भावना पन्त, सुरज पाण्डे, संचारकर्मी जीपी तिमिल्सिना, विवेक सिंह ठकुरीको उपस्थिति थियो । काजल तामाङ र अमृता कुमारी बिष्टले मेकअपमा साथ दिनुभएकाे थियाे ।
नबराज श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको कार्यक्रमलाई विवेक खतिवडाले संचालन गर्नुभएकाे थियाे ।