वासिङटन डिसी । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको छ । किसिन्जर एक राजनीतिज्ञ र एक प्रसिद्ध कूटनीतिज्ञ हुनुहुन्थ्याे । जसले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए।
परराष्ट्र मन्त्री हुनुका साथै ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि रहेर दुवै पद एकैसाथ सम्हाल्नुभएका उहाँ एकमात्र नेता हुनुहुन्छ। अमेरिकी विदेश नीतिमा उहाँको नियन्त्रण कुनै पनि अमेरिकी राष्ट्रपतिको भन्दा बढी रहेको बताइएको छ ।
सन् १९३८ मा नाजी जर्मनीबाट भागेर यहूदी आप्रवासीको रूपमा अमेरिका आइपुग्दा उहाँलाई अङ्ग्रेजी बोल्न पनि निकै कम आउँथ्यो। तर उहाँले हार्वर्डबाट स्नातक गर्नुभयाे, इतिहासमा स्नातकोत्तर गर्नुभयाे र लेखकको रूपमा आफ्नो सीपको प्रयोग गर्नुभयाे।
बीबीसी