fbpx

हेल्प नेपालले सेमिफाइनलमा क्लव एचडिसीसँग खेल्ने

author

समाचारपाटी

१ महिना अगाडि

हेल्प नेपाल स्पोटर्स क्लव र गण्डकी प्रदेश भलिबल संघले जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा हार व्यहोरेको छ ।
बिहीवार भएको पहिलो खेलमा हेल्प नेपालले इरानको यु–१८ र दोस्रो खेलमा गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध हार बेहोरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपाल इरानी टोलीसँग ३–१ को सेटमा स्तब्ध भयो । यससँगै हेल्प नेपालले जारी च्याम्पियनसिपमा पहिलो हार सामना गर्यो । हेल्प नेपालले पहिलो सेटमा इरानलाई २५–२३ ले हराएको थियो । तर, त्यसपछि भने इरानी  टोलीले उत्कृष्ट पुनरागमन गर्यो । इरानले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१७ र चौथो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो । 

अर्को खेलमा पनि नेपाली टोली गण्डकी भारतको क्यालिकटसँग ३–० को सोझो सेटमा पराजित भयो । जित्नै पर्ने खेलमा पराजित भएपछि गण्डकी लिगचरणबाटै बाहिरिएको छ । क्यालिकटले गण्डकीमाथि २५–२२, २५–१९ र २५–१५ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यससँगै पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जित निकाल्दै इरानको टोली १० अंक जोडयो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक रह्यो । यससँगै शीर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग सेमिफाइनलमा खेल्ने तय भयो । दोस्रो स्थानको हेल्प नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ । 

क्लव एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ । गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रह्यो । नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् । सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेले । उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन