fbpx

नुवाकोटमा नौ वर्षमा तीन हेलिकप्टर दुर्घटना

author

समाचारपाटी

३ महिना अगाडि

नुवाकोट । नुवाकोटमा नौ वर्षमा तीन हेलिकप्टर दुर्घटनामा परेका छन्। १८ जनाले ज्यान गुमाएका छन्। नुवाकोटको मदानपुरको बेतिनी जंगलमा २०७३ साल साउनमा फिस्टेल एयरको हेलिकप्टर, २०७५ साल भदौ २३ गते अल्टिच्युड एयर म्यागङमा र २०८१ साउन २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो। तीन वटै दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।

३२ वर्षअगाडि अर्थात् सन् १९९२ जुलाई ३१ तारिखका दिन नुवाकोटको घ्याङफेदीको घोप्टेभीरमा बैंककबाट आएको थाई एयरलाइन्सको फ्लाइट ३११ दुर्घटनाग्रस्त भएको थियो। हालको दुप्चेश्वर—१ मा भएको सो भयानक दुर्घटनामा चालक दलका १४ र ९३ जना यात्रुसहित १ सय १३ जनाको निधन भएको थियो। थाई एयरलाइन्सको सो दुर्घटना नेपालको हवाई दुर्घटनामा दोस्रो ठूलो हवाई दुर्घटनाका रूपमा आजसम्म चर्चित छ। दुर्घटनामा मानव अधिकारवादी प्रकाश काफ्लेकोसमेत ज्यान गएको थियो। दिवंगत भएकाहरूको स्मृतिमा नुवाकोटको पर्यटकीयस्थल ककनीमा स्मृति पार्क निर्माण गरिएको छ।

काठमाडौंसँग जोडिएको र एयरपोर्ट नजिकै भएका कारण नुवाकोटको आकाश हुँदै जहाज तथा हेलिकप्टरहरू पश्चिमका जिल्लाहरूमा उड्ने गरेका छन्। नौ वर्षको अवधिमा तीन हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसको तेब्बर संख्यामा हेलिकप्टरहरू फोर्सल्यान्डिङ (आकस्मिक अवतरण) गरिसकेका छन्।

नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको यो तेस्रो हो भने हवाई दुर्घटना चौथो हो। २०७५ साल भदौ २३ गते म्यागङ गाउँपालिका— ४ मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा र २०७३ साल साउन २४ गते गोरखाकोे सिर्दिबासवाट पाँचदिने सुत्केरीको उपचारका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुरको बेतिनिभिरमा दुर्घटनामा पर्दा एकै परिवारका चारसहित सात जनाको निधन भएको थियो।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको बेतिनिभिरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकप्टर दुर्घटनामा अनुभवी क्याप्टेन रञ्जन लिम्बू, पाँच दिनका नाबालक र उनका परिवारको निधन भएको थियो। मृतकका परिवारले त्यतिबेला प्रतिमृतक २० हजार डलरका दरले क्षतिपूर्ति पाएका थिए।

२०७५ साल भदौ २३ गते म्यागङको मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा गोरखावाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको नाइनएन एएल एस कलसाइन रहेको ६ सिटे हेलिकप्टर दुर्घटनामा जापानी नागरिक राहदानी नं. टिके ७१३६१२०६८ रहेको हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३५ वर्षीया हीरा शेर्पा, गोरखा, चुमनुब्री—२ की ३० वर्षीया ल्हो आनि डोल्मा निकी, चुमनुब्री— १ गोरखाकै छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीया सुनील तामाङ र चालक निश्चल केसी रहेकोमा महिला ल्हो आनी डोल्मा निकीबाहेक सबैको ज्यान गएको थियो।

मन्त्री पाण्डेद्वारा दुर्घटनास्थल निरीक्षण

नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थलगत निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले सुरक्षा अधिकारीहरूका साथ एयर डाइनेस्टीको नाइनएन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाग्रस्त भएको एक दिनपछि नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर पुगेर बिहीबार पैदल निरीक्षण गरेका हुन्।

मन्त्री पाण्डे हेलिकप्टर दुर्घटनास्थलमा पुगेर स्थानीयवासी, सुरक्षाकर्मी तथा प्राविधिक पक्षसँग अन्तक्र्रिया गरेका थिए। उहाँले घटनाको वास्तविकता पूर्ण अनुसन्धानपछि आए पनि सरसर्ती हेर्दा प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको अनुमान गर्न मात्रै सकिने बताउनुभयाे।

annapurnapost


काठमाडौं

बुधबार, कार्तिक २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन