गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रका सुन्दर कोपिला बालबालिकाको भविष्यको पहिलो पाईला मन्टेश्वरी भएको बताउनु भएको छ । हेभेनली गार्डेन मन्टेश्वरी पोखरा १७ को १२ औं बार्षिकोत्सव एवम् दिक्षान्त समारोहको आज उद्घाटन गर्दै उहाँले सुन्दर भविष्यका कोपीला बालबालिकाको मनो भावनालाई बुझ्न र पठनपाठनसंगै अतिरिक्क कृयाकपालमा जोडदिनु पर्ने बताउनुभयो ।

नेकपा एमाले स्थायी समिति सदस्य समेत रहनु भएका अधिकारीले लुटपाट गरेर होईन सकारात्मक सोचका साथ राष्ट्रियताको भावना जागृत गराउदै मुलुकको सुयोग्य नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले मन्टेश्वरमा बालबालिकाले पारिवारीक वातावरणमा प्रतिभा प्रस्फुट गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो समारोहमा आठ जना विद्यार्थी दिक्षित हुनु भएको थियो । मन्टेश्वरमा कूल ७६ जना विद्यार्थी र १३ जना शिक्षक शिक्षिका अध्ययन अध्ययपनरत रहेको सञ्चालक रिता सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा छोरेपाटन माविका वद्री पहारी, फेवा टेलिभिजनकी रोजि श्रेष्ठ, अभिभावक पुष्पाञ्जली भण्डारी लगायतले मन्टेश्वरीमा बालबालिकाले पारिवारिक वातावरण प्राप्त गरेकोमा चर्चा गर्नुभयो ।
Heavenly Garden Montessoriखगराज अधिकारीहेभेनली गार्डेन मन्टेश्वरी