लिटिल मिस्टर एण्ड मिस पोखरा ट्यालेन्ट राउन्ड भव्य सम्पन्न, ग्राण्ड फिनालेको तयारी

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा — हेभनली इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न "लिटिल मिस्टर एण्ड मिस पोखरा २०२५" ट्यालेन्ट राउन्ड भव्य रुपमा सम्पन्न भएको छ। ह्वाइट हाउस पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा २९ जना प्रतिभावान बालबालिकाहरूले आफ्नो लुकेको प्रतिभा प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारे ।

गायन, नृत्य, अभिनय, चित्रकला लगायत विभिन्न विधामा प्रस्तुत भएका बालप्रतिभाहरूले कार्यक्रमलाई थप रङीन बनाएका थिए भने कार्यक्रमको विशेष आकर्षणको रूपमा सिङ्गिङ स्टार नेपालका शीर्ष ६ फाइनलिस्ट आर्मन गुरुङले समेत उपस्थित भई आफ्नो मधुर स्वरमा गीत प्रस्तुत गरेर माहोललाई अझ रोमाञ्चक बनाएका थिए। कार्यक्रमका निर्णायकको रूपमा डान्स कोरियोग्राफर तथा पोखरा कला केन्द्रका सञ्चालक राहुल थापा मगर, फेवा टेलिभिजनकी प्रशासकीय प्रमुख रोजी श्रेष्ठ, प्राध्यापक पुष्पाञ्जली भण्डारी, र गायक तथा कपिङ रूमका सञ्चालक सन्देश भुर्तेलको विशेष उपस्थिति रहेको थियो ।

हेभनली इभेन्ट म्यानेजमेन्टका संस्थापक सफल सुवेदीले ट्यालेन्ट राउन्ड सफल पार्न साथ र समर्थन गर्नु भएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आउँदो वैशाख १८ गते पोखरा चेम्बर अफ कमर्समा आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा सबैलाई उपस्थित भइदिनु हुन आग्रह गर्नुभएको छ ।

आयोजक संस्थाले भविष्यमा पनि बालबालिकाको लुकेको प्रतिभा उजागर गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने बताएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान