मुख गन्हाउने समस्याबाट बच्न अप्नाउनुहाेस् यस्ताे उपाए !

author

समाचारपाटी

२ years अगाडि

झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मुखको दुर्गन्धले मानिसलाई लाजमर्नु बनाउछ । मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ। खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्। तर, यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ।

पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। वास्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ। यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरुमा मुख गन्हाउने समस्या हुन्छ।

मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्छ। एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ। यस्तो मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ। तर, चुईङगम सुगरफ्री भए राम्रो हुन्छ।

केही घरेलु उपाय
अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन