fbpx

कागतीकाे सेवनले यस्ता समस्याबाट मिल्छ छुटकरा

author

समाचारपाटी

१ year अगाडि

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ।

 मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरपूर हुन्छ । 

स्वास्थ्यमा हुने फाइदा
मुटु रोगबाट रोकथाम गर्छ : कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।

स्ट्रोक हुन दिँदैंन : कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन । 

कोलेस्टेरोल कम गर्छ : कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।

क्यान्सर लाग्न दिँदैंन : कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।

तौल नियन्त्रण गर्छ : कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ । 

रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ : यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन । 

किड्नी स्टोनबाट बचाउँछ : कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो । 

छाला स्वास्थ्यका लागि उपयोगी : यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन  समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ । 

यसका साथै कागतीले हुने अन्य फाइदा 

कब्जियत नियन्त्रण गर्छ ।
मधुमेह नियन्त्रण गर्छ ।
पेप्टिक अल्सर निको पार्छ ।
श्वासप्रश्वासको समस्या निको पार्छ ।
बाथको उपचारमा सहयोगी
आँखाको समस्या निको पार्छ ।
ज्वरो घटाउँछ ।
युरिक एसिडको उपचार गर्छ ।
पायल्सको उपचार गर्छ ।
झाडापखाला रोक्छ ।
पिसाब नियमित गर्छ ।
कपालको सौन्दर्यमा उपयोगी
महिला स्वास्थ्य राम्रो बनाउँछ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...