fbpx

माछामा पाइन्छ स्वास्थ्यका लागि फाइदा पुर्‍याउँने यथेष्ठ मात्रामा पौष्टिक तत्व

author

समाचारपाटी

१ year अगाडि

माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ ।

माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पनि पाइन्छ ।

माछा खानुका फाइदा

मुटुरोगीका लागि माछा फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा समावेश गरे निकै लाभ पुग्छ । माछामा पाइने ओमेगा-३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउनुका साथै शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

माछाका परिकार खाँदा तनाव नियन्त्रण, डिप्रसन, उमेर बढ्दै गएपछि उत्पन्न हुने आँखा तथा छालाको समस्या कम गर्न मद्दत पुग्छ । गर्भवती महिलाले नियमित माछाको सेवन गरे पेटभित्रको बच्चाको वृद्धिविकासमा पनि फाइदा पुग्छ । माछाले बालबालिकाको मस्तिष्क विकासमा पनि सहयोग गर्छ ।

कसरी खाँदा माछाको पोषक तत्व प्राप्त हुन्छ ?

माछाका विभिन्न परिकार बनाउन सकिन्छ । जस्तै, सुप, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगेमाछा पिज्जा, फिस चिल्ली, फिस चाउमिन, फिस सिजलरजस्ता थुप्रै परिकार माछाबाट बनाउन सकिन्छ ।

त्यसमध्ये पनि उसिनेर, झोल तथा ग्रेभी परिकार बनाएर खाएमा माछामा भएको पौष्टिक तत्व नष्ट हुँदैन । दैनिक खान नसके पनि हप्तामा दुई दिन माछा खाँदा स्वास्थ्यका लागि फाइदा पुग्छ ।

नेपालमा पाइने माछाका प्रजाति ?

माछा व्यापारीका अनुसार नेपालमा करिब ७५ थरीका माछा बजारमा उपलब्ध छन् । तर सबै पसलमा यी सबै प्रजातिका माछा पाइन्छ भन्ने हुँदैन । पसलमा सामान्यतया सात-आठ थरीका माछा जस्तै नैनी, साहर, असला, बाचाफिस, भतुरा, रौं, भुरा, बुहारी झिंगे लगायत पाइन्छन् । यसमा पनि अत्यधिक ग्राहकले रौं, भुरा र बुहारी माछा मन पराउने माछा विक्रेताहरु बताउँछन् । जसमा बुहारी माछामा काँडा कम हुन्छ भने अरु सबै काँडा भएका हुन्छन् । पछिल्लो समय झिंगे माछाको माग बढिरहेको व्यापारीहरु सुनाउँछन् । यद्यपि रौं माछा सदावहार रुचाइनेमा पर्छ ।

माछा सबै स्वादिलो नै हुने भए पनि यसलाई पकाउने तरिकामा पनि भरपर्ने बताउँछन् ।साथै कसैलाई काँडा नभएको मासु ग्रेभी गरेर खान मन पर्छ भने कसैलाई रौं माछा तेलमा फ्राइ  गरेर खान मन पर्छ ।

आयुर्वेदिक चिकित्सक अमृत भण्डारी


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो