fbpx

जान्नुहाेस् । पाठेघरलाई स्वस्थ राख्ने के गर्ने, पाठेघरमा समस्या भएको कसरी थाहा पाउने

author

समाचारपाटी

१ year अगाडि

पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाहरु जुधिरहेका छन् । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ ।

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन् ।

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?

सेतो गन्हाउने पानी बग्ने, पाठेघर सुन्निदा अत्यधिक पेट दुख्ने र रगत जाने, समयमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने वा अत्यधिक पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्क गर्दा दुख्ने वा रगत देखा पर्ने कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा देखिने लक्षण हुन् ।

पाठेघरको संक्रमण

महिनावारी भएपछि सेतो सफा र नगन्हाउने समस्या सामान्य रुपमा लिइन्छ  । तर सेतो पानी बग्दा गन्हाउने, योनी चिलाउने र फोका देखिएमा संक्रमण भएको जनाउँछ  । समयमा  संक्रमणको उपचार नगरेमा फैलिंदै गएर पाठेघरको मुखको क्यान्सर समेत हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सर

ह्युमन प्यापिलो भाइरस पाठेघरमा प्रवेश गरेपछि विस्तारै पाठेघरको मुखको क्यान्सर हुन्छ । यो मूलतः यौन सम्पर्कबाट सर्ने गर्छ ।  कलिलै उमेरमा यौन सम्बन्ध बनाउने, धेरै जनासँग यौन सम्पर्क राख्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने, सरसफाइमा ध्यान नदिने, धुम्रपान गर्ने महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

यसबाट बच्न नौदेखि २६ वर्षसम्मका महिलालाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमा छ भने औषधि उपचारले नै शतप्रतिशत ठीक हुन्छ । तर अन्तिम चरणमा पुगेको अवस्थामा ज्यान बचाउन पाठेघर नै फाल्नुपर्ने हुन सक्छ । पाठेघर फाल्ने वा नफाल्ने कुराको निर्धारण बिरामीको अवस्था र उमेर हेरेर निक्र्योल गरिन्छ  ।

पाठेघरलाई स्वस्थ राख्ने के गर्ने ?

वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्छ । महिनावारीको समयमा प्याड लामो समयसम्म प्रयोग गर्नुहुँदैन । अन्डरवेयर दिनहुँ परिवर्तन गर्ने, यौनी बाहिरको भाग सफा र सुख्खा राख्ने गर्नुपर्छ । योनीभित्र पानी हाल्नु पनि हुँदैन ।

नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्छ । एकभन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नुहँुदैन । उमेर नपुगी यौन सम्बन्ध राख्नुहुँदैन । एचआईभी लगायत अन्य यौन संक्रामक रोगबाट बच्न यौन सम्पर्क गर्दा अनिवार्य कण्डमको प्रयोग गर्नुपर्छ ।

खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.अग्रवाल )


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन