सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ ।
का प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयमा आज मंगलवार छलफल भएको थियो । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्ने जो कोहीलाई ऐन बमोजीम कारबाही हुने जानकारी दिनुभयो । उहाँले दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ऐनलाई कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकि नराख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोखरामा भएको घटनासहित देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मीमाथी शारिरीक र भौतिक आक्रमण भएको भन्ने स्थिति देखियो । त्यसमा चिकित्सक र स्वास्थ्यकर्मीका संस्थाहरुसंग छलफल कार्यक्रम राखेका थियौं । छलफलबाट दुई ओटा निर्णय भएको छ । देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पछिल्लो संसोधनबारे जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ । त्यसमा कुनै उपचाररत बिरामीको पक्षलाई ठिक ढंगले उपचार नभएको लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ । गल्ती गर्यो भने कारबाही गर्ने भन्ने कुरापनि ऐनमा छ । दोस्रो आक्रमण गर्नेलाई ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको छ । त्यसका लागि कडा निर्देशन दिएका छौं । ’