fbpx

अमेरिकाको नेभाडामा एक जनामा बर्ड फ्लु

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं l संयुक्त राज्य अमेरिकामा गाई फार्ममा काम गर्ने मानिसमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । नेभाडा राज्यको एक गाई फार्ममा काम गर्ने एक जना मानिसमा बर्ड फ्लु देखिएको र यो नेभाडामा पहिलो घटना भएको छ ।

सङ्क्रमित व्यक्तिमा एच–५ एन–१ भाइरस देखिएको छ । चर्चिल काउन्टीको एउटा फार्ममा काम गर्दा सङ्क्रमित गाईको सम्पर्कमा आएपछि व्यक्तिमा बर्ड फ्लु सरेको अनुमान छ । त्यही फार्ममा काम गर्ने अरूमा भने सङ्क्रमण देखिएको छैन । नेभाडाका गाईहरूमा बर्ड फ्लु भाइरसको दोस्रो प्रजाति पत्ता लागेको केही दिनपछि मानिसमा सङ्क्रमण देखिएको हो ।

बर्ड फ्लु पहिले जङ्गली चरा र कुखुरामा मात्र पाइएकोमा अमेरिकामा गाई हुँदै मानिसमा सरिरहेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ( सीडीसी ) ले एच–५ एन–१ एभियन इन्फ्लुएन्जाको स्वास्थ्य जोखिम भने कम रहेको बताएको छ । यो भाइरस व्यक्तिबाट व्यक्तिमा फैलिएको पनि कुनै प्रमाण छैन ।

सीडीसीका अनुसार सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा एच–५ एन–१ बर्ड फ्लु सङ्क्रमणबाट ६८ जना बिरामी परेकामा एक जनाको ज्यान गएको छ ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन