अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री प्रदीप पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस सरकार रहेको बताउनु भयो । उहाँले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गर्नुभयो । उहाँले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताउनु भयो । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो । 
मन्त्री पौडेलले भन्नुभयो, ‘५ वर्षअघि क्यान्सर हुनेहरुको संख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको संख्या दिनमा ४ जना छ । आज भन्दा १५ वर्ष अगाडि यस्तो थिएन । अटिजमको समस्या भएकाहरुको संख्या आज भन्दा ५ वर्ष अगाडि जति थियो, आज तीन गुणा बढेको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुन्छ । राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ । त्यसो हुनाले हामीले बिरामी बढाउने होइन । बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ । त्यसअन्तर्गत यि कामहरु भइरहेका छन् । हामीले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, त्यसमा कोशिस गरिरहेका छौँ । हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढंगले सञ्चालन गरेका छौँ । आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस गरिरहेका छौँ । हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकी यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्नेकुरा संसारमा फिँजिनु पर्दथ्यो । ’


मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरुको बारेमा खोजि गरिरहेको बताउनु भयो । उहाँले सरकारले निरोगी नेपाली बनाउनेगरी अभियान शुरु गरिरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन