स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री प्रदीप पौडेल

author

समाचारपाटी

१ महिना अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए÷नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गर्नुभयो । स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सकेमात्र यो लक्ष्य हासिल हुने उहाँको भनाइ छ । उहाँले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताउनु भयो । उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरुलाई एच.पी.भि खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उहाँले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो स्क्रिनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेजस्तो ५० लाख नागरिकको स्त्रिनिङ हुनसक्छ । हामीले फागुनको महिनालाई स्क्रिनिङको महनिा भने घोषणा गर्यौं । र यो अभियानमा एच.पी.भि. खोप एकदमै सफल भयो । ९४ प्रतिशतले एच.पी.भि लगाउनुभएको छ । त्यसकारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने भनेको स्थानीय तह नै । त्यसकारण हामीले स्थानीय तहमा स्क्रिनिङ्ग कार्यक्रम गर्यौं भने यो कार्यक्रम सफल हुनसक्छ । अहिले काठमाडौं महनागरसँग प्रतिष्ठानको सहकार्य भएको छ । यो एउटा उदाहरणीय बन्नेछ अब हामी ललितपुरलाई पनि अनुरोध गर्नेछौं । अब हामी नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुलाई अनुरोध गर्नेछौं । र यो वर्षभित्र ५० लाख मानिसको स्क्रीनिङ्ग गर्ने लक्ष्यलाई हामी सार्थक बनाउन तिर लाग्नेछौं ।’


कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलल क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताउनु भयो । उहाँले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले महानगरवासीको सहजताका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र र हेल्थ क्याम्पहरु आयोजना गर्ने कामहरु भइरहेको बताउनु भयो । उहाँ महिलासँग सम्बन्धीत दीर्घ रोगहरु महानगरको प्राथमिकतामा रहेको समेत बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । रोग लागेपछि उपचार गर्ने कुरा त छँदैछ तर महत्वपूर्ण कुरा रोग लाग्न नदिनु हो । महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु गरिरहेको छ । स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने, औषधि प्रदान गर्ने र विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्ने कामहरु गरिरहेका छौं । खासगरि महिलामा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्क्रिनिङ्ग हाम्रो प्राथमिकतामा रहेको छ । हामीले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलामा समेत यस्ता लक्षणहरु देखेका छौं ।’


नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन