नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड

author

समाचारपाटी

२ महिना अगाडि

स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गर्ने भएको छ । 

आईतवारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था मिलाइने बताउनु भयो । यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित विश्वास व्यक्त गर्नुभयो । उहाँले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरु समेत एकीकरण गर्दै लैजाने बताउनु भयो । स्थानीय तहहरुले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई समेत बोर्डअन्तर्गत ल्याइने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, संगठनिक संस्थामा कार्यरत व्यक्तिहरु, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यक्त मिलाइनेछ । जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ । र स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोशेढुङ्गा सावित हुने हामीले ठानेका छौं । त्यस्तै छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरुको एकीकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायबाट स्वास्थ्य सेवाका धेरै कार्यक्रमहरु समानान्तर रुपमा सञ्चालनमा छन् । यसैगरी प्रदेश सरकार, स्थानीय तहले पनि नागरिकलाई सहज उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन् । यसरि छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्ड अन्तर्गत ल्याइनेछ ।’


सबै तहका स्वास्थ्य अनुदानका सेवाहरु एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’