fbpx

अर्को आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा बीमा सेवा सञ्चालन हुने

author

समाचारपाटी

१ year अगाडि

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ बीमा सेवा सुचारु हुने बताउनुभएको छ । 

बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा स्वायत्त निकाय भएपनि अहिलेसम्म स्वायत्त रुपमा सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले स्वास्थ्य बीमालाई जञ्जिरले बाँधिएको भन्दै यसलाई खोलेर मात्रै प्रभावकारी रुपमा बोर्डले काम गर्नसक्ने बताउनु भयो । उहाँले स्वास्थ्य बीमामा ७ वर्षसम्म काजमा कर्मचारी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै काजमा कर्मचारी राखेर अपेक्षाअनुसारको काम गर्न नसकिने बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य बीमा योगदानमा आधारित कार्यक्रम भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रथम सेवाबिन्दुका किटान भएपछि भन्ने छ, सायद हामी यो असार भित्रमा दुई वटा थप गर्दैछौँ । अब आउने आर्थिक वर्षको प्रथम त्रैमासिकमै सबै स्थानीय तहमा बीमा सेवा सुचारु हुन्छ । स्वास्थ्य बीमा स्वायत्त निकाय हो, तर स्वायत्त हुन सकेको छैन । जञ्जिरले बाँधिएको छ। जञ्जिरले बाँधेर दौडी भनेर सकिँदैन । ७ वर्षसम्म हामीसँग आफ्ना कर्मचारी छैनन्, स्वास्थ्य बीमा बोर्डले काजमा कर्मचारी ल्याएर कति दिन चलाउने, सबैको अपेक्षा अनुसार कसरी काम गर्ने ? कर्मचारी विनियमावली बनाएर पेस गरेको स्वीकृत भएको छैन । आफ्नै कर्मचारी नभएसम्म सोचेअनुसारको काम हुन सक्दैन । हाम्रो स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित हो । जसले सक्दैन उसलाई राज्यले हेर्छ, जसले सक्छ सहयोग गर्छ । अब भोलिका दिनमा बीमाले सरकारलाई सहयोग गर्ने हो । सरकारले हेर्ने होइन ।’

कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभइ आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रुपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन