पोखरा २६ को जल्धारेमा जेष्ठ नागरिक सहित तीनसयको स्वास्थ्य परिक्षण

author

समाचारपाटी

२ महिना अगाडि

पाेखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आर्युवेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नु भयो ।

अध्यक्ष थापाले रोगका कारण पनि जेष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, जेष्ठनागरिकमैत्री व्यवहार गर्न समेत जोड दिनु भयो । वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै अध्यक्ष थापाले, नागरिक स्वस्थ र सुखी छन् की छैनन् भन्नेले पनि निर्धारण गर्ने बताउनु भयो । जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको उल्लेख गर्नु भयो । दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अगाडी बढिरहेको समेत स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले शारिरिक स्वस्थताले विचार र व्यवहारमा समेत प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन आग्रह गर्नु भयो । गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जेष्ठ नागरिक स्वस्थ रहे ज्ञान र शिपको दोश्रो पुस्तामा हस्तान्तरण हुने बताउनु भयो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटा लगायतले स्वास्थ्य शिविरको प्रभावकारिताका बिषयमा बोलेका थिए ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना, वडा नंं २६ को समन्वय र गण्डकीक आर्युवेद अस्पताल अर्घौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो । शिविरमा आर्युवेद अस्पतालका चारजना चिकित्सक सहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ९२ बर्ष देखी ६ बर्षसम्मका गरी झण्डै तीनसय जनाको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरिएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन