चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर

author

समाचारपाटी

१ year अगाडि


बागलुङ । बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित) लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उहाँले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छन् । ३३ वर्षीया उहाँको चार वटा सन्तान छ । रोगले गल्दै गएकी सुनार अहिले निकै खुशी हुनुहुन्छ । पोखराको चरक मेमोरियल हस्पिटलले अब उहाँको उपचार प्रक्रिया अघि बढाउनेछ ।
नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उहाँ पनि पुग्नुभएकाे थियाे । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उहाँले आफ्नो व्यथा पोख्नुभयाे । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले शिविरमै उहाँको स्वास्थ्यजाँचपछि अब आगामी उपचार पोखरामै हुने बचन दिनुभयाे ।

जैमिनी २ अवस्थित दमेक स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ३२० जनाले भिडियो एक्सरेसहितको सुविधा लिए । आयोजक संस्थाका सभापति होमनाथ सापकोटाका अनुसार साविक दमेकका वडा नं. २ र ३ बासिन्दा लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा एक जनाको भीआईए पोजिटिभ देखिएको, ३ जनामा १२ एमएमसम्मको पत्थरी मिर्गौलामा देखिएको, ६ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, ४ वर्षका बालकको आँखाको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । उनीहरुको उपचारका लागि पनि चरकले सक्दो सघाउने भएको छ । शिविरमा परीक्षणपछि मात्रै उनीहरु धेरैले आफ्नो रोगबारे पहिलोपटक थाहा पाएका थिए ।
विशेषज्ञसहितको पहिलो पटक सेवा दिएकाले शिविर फलदायी बनेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुखसमेत रहेका सापकोटाले बताउनुभयाे । शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।

चरक हस्पिटलका चिकित्सकहरु डा. शरद चन्द्र बराल (कन्सल्टेन्ट फिजिसियन), डा. ओम कुमार श्रेष्ठ (रेडियोलोजिस्ट), डा. विष्णु पालिखे (स्त्रीरोग विशेषज्ञ), डा. किरण शर्मा (बालरोग विशेषज्ञ), डा. सन्देश प्रकाश पराजुली (मेडिकल अफिसर) लगायत सहभागी थिए । चरकले यसअघि गोरखा, म्याग्दी लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ । प्रबन्ध निर्देशक पोखरेलले ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको पहुँच अझै राम्ररी नपुग्दा गाउँबासीहरु रोग लागेको थाहै नपाई ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै समयमै रोगको निदान गरी उपचार गराउने हेतु गाउँ गाउँमा हुने यस्ता शिविरमा सहयोग गर्दै आएको बताउनुभयाे ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वय, जैमिनी नगरपालिकाको सहयोगमा कार्यक्रम भएको थियो । जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, सभापति एवं जिल्ला समन्वय समिति उपप्रमुख होमनाथ सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, कार्यपालिका सदस्य भगवति सापकोटा, अहेव हेम केसी लगायतले बोलेका थिए ।
रेडक्रस दमेक उपशाखाले अघिल्लो वर्ष आँखा शिविर गर्दा पाँच सय बढी लाभान्वित भएका थिए । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन