काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने बताउनुभएकाे छ।
समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवन रक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन्। यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ।
उक्त मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ। ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ। एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य एक लाख ३८ हजार रुपैयाँ पर्ने गरेको छ।