fbpx

‘खासगरी नेपालको स्वास्थ्य बीमाका बारेमा धेरै खाले विषयहरु हामीले देखिरहेका छौँ’:-जनसंख्यामन्त्री प्रदीप पौडेल

author

समाचारपाटी

३ हप्ता अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भएपनि व्यवस्थित नरहेको बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएपनि आवश्यकताअनुसार नभएको बताउनु भयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनु भयो । उहाँले लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी रहेको बताउनु भयो । स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनु भयो । नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गर्नुभयो । 

स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘खासगरी नेपालको स्वास्थ्य बीमाका बारेमा धेरै खाले विषयहरु हामीले देखिरहेका छौँ । खासगरी अहिलेको वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ तर यो आंशिकमात्रै छ । आवश्यकताअनुसारको छैन । व्यवस्थित छैन । यो लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी यो अघि बढ्न सकेको छैन । यिनै कुरालाई महशुस गरेर हामीले आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ, त्यो खर्च नहुने स्थिति निर्माण गर्न स्वास्थ्य क्षेत्रमा सबैको पहुँच, युनिभर्सल कभरेजको नीतिअनुसार यसलाई व्यवस्थित गर्नको लागि हामीले काम अघि बढाउन खोजिरहेका थियौँ । त्यस सन्दर्भमा कस्ता नीति अवलम्वन गर्न, कसरी व्यवस्थित गर्न जरुरी छ, भन्नेबारेमा हामीलाई त्यसको पूर्ण विषयहरुको दस्ताबेज आवश्यक परेको थियो । त्यही आवश्यकताअनुसार यो कार्यदल बनाएर अब नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त गरेका छौँ । सबै क्षेत्र समेटिएको छ, यसभित्र भन्ने विश्वास छ । नागरिकलाई सुविधान हुनेगरी कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा हामी लाग्नेछौँ ।’


मन्त्री पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुयाउँदा कसरी श्रोत सुनिश्चितता गर्ने भन्नेकुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक