fbpx

‘हानझाओ एसियाडका लागि इण्डोनेसिया उत्साहित’

author

समाचारपाटी

१ year अगाडि

इण्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले चीनको हानझाओ शहरमा हुने १९ औं एशियन गेम्समा उत्कृष्ट नतिजा प्राप्त गर्ने गर्ने आशा व्यक्त गर्नुभएको छ । 

इण्डोनेसियाले गत १८ औं एशियन गेम्सको घरेलु मैदानमा आयोजना गरेको थियो । यस पटक चीनमा आयोजना हुने एसियन गेम्समा इण्डोनेसियाले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ । इण्डोनेसियामा भएको एशियन गेम्स र एसियन पारा गेम्स २०१८ का क्रममा हानझाओलाई १९औं संस्करणको झण्डा हस्तान्तरण गरेको क्षण उल्लेख गर्दै इण्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष ओक्तोहरीले हानझाओ एसियाडका लागि निकै उत्साहित रहेको समेत बताउनुभएको छ । यसअघि कहिल्यै पनि हानझाओ नगएको उल्लेख गरेका ओक्तोहरीले यो प्रतियोगिताका लागि उत्साहित र धेरै आशा बोकेको धारणा राख्नुभएको हो । उहाँले आफ्ना देशका खेलाडी र अफिसियलको हानझाओ एशियन गेम्समा उच्च स्तरको प्रदर्शनको प्रतीक्षामा रहेको समेत धारणा राख्नुभयो । साथै एशियाभरका खेलाडीको प्रदर्शनले पनि निकै रोमाञ्चक बनाउने उनको विश्वास छ ।

यस एशियन गेम्समा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौति प्रश्तुत गर्दैछन् । इण्डोनेसियाको तर्फबाट भने चार सय १५ खेलाडीको प्रतिष्पर्धा तय भएको छ । अफिसियलसहित हानझाओ एशियन गेम्समा ६ सयभन्दा बढी इण्डोनेसियाको टोली हानझाओ शहर पुग्नेछ । इण्डानेसियाले ३१ वटा खेलको ४२ विधामा प्रतिष्पर्धा गर्दैछ । धेरै सहभागिता रहेको र तयारी पनि राम्रो भएकाले हानझाओ एशियन गेम्समा धेरैभन्दा धेरै पदकको आशा गरिएको इण्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले बताउनुभएको छ ।  

चीन विश्व खेलकुदमा पनि शक्तिशाली देश रहेकाले एसियाडमा उसको तयारी निकै आशालाग्दो रहेको ओक्तोहरीको विश्वास छ । यो अवसरमा चीनसँग आपसी सहकार्य र सहयोगमार्फत दुई देशबीचको हीतमा काम गर्ने पनि इण्डोनेसियाको लक्ष्य छ । इण्डोनेसियाले गत एशियन गेम्समा खेलकुदका ठूला संरचना निर्माण लगायतमा राम्रो काम गरेर देखाएको उल्लेख गर्दै ओक्तोहरीले चीनबाट झन् राम्रो उदाहरण पेस हुने विश्वास व्यक्त गर्नुभएको छ । 

हानझाओले यादगार एशियन गेम्सको आयोजना गरेको हेर्न पनि आफूहरु आतुर रहेको ओक्तोहरीले बताउनु भयो । त्यसका लागि इण्डोनेसिया हरेक क्षेत्रबाट चीनलाई सहयोग गर्न पनि तयार रहेको उनको भनाई छ । 
सिन्ह्वा


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक