fbpx

पोखरामा प्रथम खुल्ला प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरामा प्रथम खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता
आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीका अनुसार आगमी फागुन ५ गते र ९ गते यी दुई चरणमा गरी प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनुभएकाे छ ।

प्रतियोगितामा प्रत्येक विद्यालयबाट कुनै पनि कक्षाका १० जना विद्यार्थीहरु सहभागिता हुन पाउने जानकारी दिंदै नेपाली र अग्रेंजी दुबै भाषामा लेखन प्रतियोगिता हुने संयोजक केसीले बताउनुभयाे । “विद्यार्थीहरुमा लेखन सीपको विकास र उनीहरुले
पढ्दै आएको विषयमा दक्षता होस भन्ने अभिप्राय हाम्रो प्रतियोगिताको मुल उद्धेश्य हो,” उहाँले भन्नुभयाे । प्रतियोगितामा प्रत्येक कक्षाबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने उहाँले बताउनुभयाे । प्रतियोगितामा निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुले
सहभागिता जनाउन सक्ने उहाँले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेशमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको बताउँदै आर्थिक संयोजक दिपक सारु मगरले उत्कृष्ट हुने विद्यार्थीहरुको स्मारिका प्रकाशन गर्ने संगै उनीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता गराइने बताउनुभयाे । उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा ओ.एल.ए, प्रगती मावि,भाष्कर मेमोरियल मावि र ग्लोबल कलेजियट मावि रहेका छन् ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२३.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने