fbpx

अपाङ्ग समाज चितवनको ३ महिने सिलाईकटाई एडभान्स तालिम उद्घाटन कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१२ महिना अगाडि

चितवन । अपाङ्ग समाज चितवनको आयोजनामा सिलाईकटाई सम्बन्धी ३ महिने एडभान्स तालिमको उद्घाटन भएकाे छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (संघीय सरकारको सशर्त अनुदान)को सहयोग रहेको उक्त कार्यक्रम भरतपुर महानगरपालिकाको समन्वयमा सुरु भएको हो ।

अपाङ्गता भएका व्यक्ति र उनिहरुको परिवारको दिगो आर्थिक सशक्तिकरण गरि जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले २० जना अपाङ्गता भएका व्यक्ति र तीनका परिवारका सदस्यको लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । सहभागीहरुलाई उषा देवी श्रेष्ठ र उमेश ऐरले प्रशिक्षण दिनुहुनेछ ।

उद्घाटन सत्रमा मन्तव्य राख्दै अतिथी नेपाल हेमोफेलिया शाइटी बागमती प्रदेशका अध्यक्ष सन्तोष वाग्लेले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारका सदस्यलाई दिन लागेको यस तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सिलाईकटाई तालिम लिनेहरु भविष्यमा अब्बल बनी आफ्नै व्यवसाय सुरुवात गर्न सकुन भनेर कामना गर्नुभएको थियो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै अतिथी भरतपुर महानगरपालिकाको महिला तथा बालबालिका अधिकृत कलावती ओझाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरु सहभागी रहेका यस सीप बिकास तालिम मार्फत सहभागीको आर्थिक उपार्जनमा सहयोग गर्नका लागि यो तालिम सिद्ध होस् भनि शुभकामना दिनुभएको छ ।

कार्यक्रममा मन्तव्य दिनुहुँदै बिशिष्ट अतिथी भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले तालिममा सहभागीहरुले लगनशिल भएर सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले सहभागीहरुले व्यवसायीक बनी उनीहरुमा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहयोग गरेको हेर्न चाहेको भन्दै यो एउटा सुनौलो मौका भएको र मौका दुइपटक नआउने हुँदा प्राप्त मौका वा अवसरको उच्चतम सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

यस्तै कार्यक्रमको प्रमुख अतिथी रहनुभएको बागमती प्रदेश सभा सदस्य माननिय इश्वर सापकोटा ‘सुमन’ ले कार्यक्रममा मन्तव्य दिनुहुँदै आफू चितवनबासी पनि भएकोले चितवन जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक कार्यक्रमहरु तथा योजनाहरु तर्जुमा गरि पालिका तथा प्रदेशमा पेश गर्न आग्रह गर्नुहुँदै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको संस्थाले अपाङ्गता भएका व्यक्ति तथा तीनमा आश्रीत परिवारका सदस्यहरुलाई दिन लागेको यस तालिम फलिभुत होस् र परिणाम देखिने गरि यस तालिम सञ्चालन होस् भनी कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो।

अपाङ्ग समाज चितवनका उपाध्यक्ष सुक बहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव मन बहादुर पुनले धन्यवाद् ज्ञापन गर्नुभएको थियो । अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


काठमाडौं

शुक्रबार, चैत्र १६, २०८०

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र डिग्रि माइलाको ट्रेलर सार्वजनिक

महाजात्राको प्रिमियरः ‘जात्राको बेस्ट सिरिज महाजात्रा’

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन