fbpx

हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा

author

समाचारपाटी

२ हप्ता अगाडि

प्यालेस्टिनी इस्लामिक हमास आन्दोलनले शनिवार इजरायली वन्धकहरूको दोस्रो समूहलाई मुक्त गरेको छ । जसमा चार महिला, लिरी अल्बाग, करिना एरिभ, डेनिला गिल्बोआ र नामा लेवी रहेका छन् । गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको हमासले जनाएको छ । १९–२० वर्ष उमेरका चार इजरायली सेना पर्यवेक्षकहरूलाई हमासले अक्टोबर ७, २०२३ मा गाजापट्टी सीमा नजिकै नाहल ओजमा रहेको इजरायली सेनाको निगरानी आधारबाट अपहरण गरेको थियो ।

चार इजरायली वन्धकहरूलाई शनिवार इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो । वन्धक रिहाई हमास र इजरायल बीचको कैदी–वन्धक आदानप्रदानको दोस्रो चरणको अंश हो । जुन युद्धविराम सम्झौताको प्रारम्भिक शर्तहरू अन्तर्गत लागू गरिएको थियो । ६ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणामस्वरूप १५ महिनाको लडाईंपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.२४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन