काठमाडौं । प्यालस्टिनी विद्रोही समुह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धक रिहाइ गर्ने कार्य अहिलेलाई स्थगित गरेको छ ।हमासका प्रवक्ता अबु ओबेदाले इजरायलले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ तत्कालका लागि स्थगित गरिएको जनाएका हुन् ।