fbpx

हमास-इजरायलबीच युद्धविराममा सहमति

author

समाचारपाटी

४ हप्ता अगाडि

इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति जनाएका छन्। युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ। त्यसको बदलामा इजरायलले पनि हमासका मानिसहरूलाई रिहा गर्नेछ।

युद्धविरामको बारेमा आधिकारिक घोषणा भने हुन बाँकी नै छ। इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले हमाससँग युद्धविराम सम्झौता अझै नसकिएको बताएको छ। तर अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले भने युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीले युद्धविराम जनवरी १९ देखि लागू हुने बताए।

अल जजीराको रिपोर्ट अनुसार थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेका थिए। त्यसपछि यो सम्झौता भएको हो। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनिगाजामा युद्धविराम सम्झौता भएको जनाएका छन्। उनले मध्यपूर्वमा बन्धकहरूलाई रिहाइ गर्ने सम्झौता भएको जनाए।

७ अक्टोबर २०२३ देखि गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको थिए। यसमा दुवै पक्षका ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

युद्धविरामपछि के हुन्छ

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायली सेना गाजा सीमाबाट ७०० मिटर पछाडि आफ्नो क्षेत्रमा सर्नुपर्ने हमासको शर्त छ। हाल यो युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्मा पेश हुन बाँकी छ। त्यहाँ अनुमोदन भएपछि युद्धविराम सम्झौता तुरुन्तै लागू हुनेछ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताको बारेमा बताउँदै हमासले चाँडै बन्धकहरूलाई रिहा गर्ने जनाएका छन्।

इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण कुल ४२ दिनसम्म रहन सक्छ। युद्धविराम सम्झौताको पहिलो चरणमा, हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने छन्। अर्कोतर्फ इजरायलले यसको बदलामा २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछन्। १५ दिन पछि हमासले बाँकी बन्धकहरूलाई पनि रिहा गर्नेछन्। यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामको बारेमा छलफल गर्नेछन्।

कतार र अमेरिकाको मध्यस्थतामा सम्झौता

यो सम्झौता इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा भएको हो। इजरायलको प्रतिनिधित्व मोसादका प्रमुख डेभिड बार्निया र शिन बेटका प्रमुख रोनेन बारले गरेका थिए। अमेरिकाको तर्फबाट ट्रम्पका दूत स्टिभ विटकफ र बाइडेनका दूत ब्रेट म्याकगर्क उपस्थित थिए।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन