हमासको सैन्य शाखा अल–कस्सम ब्रिगेडले जारी बन्दी आदानप्रदान र युद्धविराम सम्झौताको चौथो समूहको रूपमा शनिवार तीन इजरायली वन्धकहरूलाई रिहा गरेको छ । युद्धग्रस्त गाजा पट्टीका दुई छुट्टाछुट्टै स्थानमा रिहा गरिएको थियो । गाजा शहरमा हमासका लडाकुहरूले ६५ वर्षीय इजरायली–अमेरिकी दोहोरो नागरिकता भएका किथ सिगेललाई प्रतिनिधिहरू समक्ष हस्तान्तरण गरेका थिए । अक्टोबर ७, २०२३ मा द्वन्द्वको क्रममा पक्राउ परेका दर्जनौं नागरिकहरूमध्ये ती वन्धक पनि थिए । यसैबीच दक्षिणी गाजा पट्टीको खान युनिसमा हमासले थप दुई इजरायली बन्धकहरू इजरायली–फ्रान्सेली नागरिक ओफर काल्डेरोन ५४ र इजरायली नागरिक यार्डेन बिबास ३५, लाई हस्तान्तरण गरेको छ । चलिरहेको आदानप्रदान हमास र इजरायल बीचको वार्ता सम्झौताको अंश हो । जुन इजिप्ट, कतार र संयुक्त राज्य अमेरिका लगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले मध्यस्थता गरेका थिए । प्यालेस्टिनी कैदी समाजका अनुसार इजरायलले शनिवारपछि १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जसमा महिला, नाबालिग र राजनीतिक बन्दीहरू समावेश छन् जसलाई विभिन्न सुरक्षा सम्बन्धी आरोपहरूमा राखिएको थियो । जनवरी १९ देखि लागू हुनेगरी युद्धविराम सम्झौताले अहिलेसम्म १३ इजरायली वन्धकहरू पाँच थाई कामदार र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सहज बनाएको छ ।
सिन्ह्वा