fbpx

आफ्नै इन्टेरियरमा नीलडेविडको नयाँ द सलून लाउञ्ज सञ्चालनमा

author

समाचारपाटी

१ year अगाडि

सिलिगुडी । नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेविड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा नीलडेविड् ब्राण्डको नीलडेविड्स द सलून लाउञ्ज सञ्चालनमा ल्याउनुभएकाे छ ।

नीलडेविड्स ब्राण्डको उक्त नयाँ सलून शुक्रवार एक समारोहबीच उद्घाटन गरिएको छ । मलका सञ्चालक अनिल मसानी, राजेश अग्रवालसहित निर्माता–निर्देशक टिकम शर्मा, गायक कर्मा शेर्पा, बंगाली अभिनेत्री अंकिता दास, मोडल सुकचन्द थापा, सञ्चारकर्मी शिवु क्षेत्री तथा हेयर स्टाइलिष्ट कटवालले संयुक्त रुपमा रिबन काटेर सलूनको उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन समारोहमा हेयर स्टाइलिष्ट सरोज थापा, नीलडेविड्स ब्राण्डका सिईओ डेनियल कटवाल, बिर्तामोडको नीलडेविड्स सलूनका सञ्चालक राजन कटवालको पनि उपस्थिति रहेको थियो ।

यसैबीच, नीलडेविड्स द सलून लाउञ्जमार्फत नीलडेविडले इन्टेरियर डिजाइनिङमा पनि कदम राख्नुभएकाे छ । शुक्रवार उद्घाटन गरिएको नीलडेविड्स द सलून लाउञ्जको इन्टेरियर डिजाइन कटवाल आफैंले गर्नुभएकाे हाे ।

सन् २०२३ देखि फ्रेन्चाइज मोडलको रुपमा डिजाइन गरिएको यो मोडल सलून १२ सय स्क्वायर फिटमा नीलडेविड आफैंले इन्टेरियर डिजाइन तथा कन्सेप्ट दिएको बताउनुभएकाे छ ।

सलूनको उद्घाटन समारोहमा कटवालले सन् २०२४ देखि आफ्नो इन्टेरियर ब्राण्ड ‘एनडि इन्टेरियल’ मार्फत व्यवसायिक सेवा नै प्रारम्भ गर्ने बताउनुभएकाे छ ।

नीलडेविड्स ब्राण्डको फ्रेन्चाइजी नेपाल तथा भारतमा वैशाखदेखि आधिकारिक घोषणा हुँदैछ, जसले पनि आफ्नो सलून बिजनेस नीलडेविड्स ब्राण्डसंग जोडेर फ्रेन्चाइजी सञ्चालन गर्छन्, उनीहरुलाई नीलडेविड्स टीमले पूर्ण साथ दिनेछ ।

यसैबीच, आगामी भदौ महिनादेखि नीलडेविड कटवाल सिग्नेचर सलून संयुक्त रुपमा नीलडेविड कटवाल, सरोज थापा र राजन कटवालको साझेदारीमा बुटवलमा सञ्चालनमा आउने घोषणा गरिएको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन