fbpx

क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ज्ञान करिअर ईन्स्टिच्यूट प्रालिले वेभिनारआयोजना

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौ । वैदेशिक अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ज्ञान करिअर ईन्स्टिच्यूट प्रालिले क्यानडियन एजुकेशनल वेभिनारको आयोजना गरेको छ । शैक्षिक परामर्शदाता कम्पनी ज्ञान ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई वेभिनारमा सहभागी भई क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण कुराहरुको जानकारी लिन आह्वान समेत गरेको छ ।

स्टडी ईन क्यानडा वेभिनार फेब्रअरी ४ अर्थात माघ २१ गते शनिबार विहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार वेभिनारमा भाग लिनका लागि विद्यार्थीहरुले अनलाईनमार्फत दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको अफिसियल वेभसाईट र फेसबुक पेजमा राखिएको लिंकमार्फत विद्यार्थीहरुले वेभिनारको लागि रजिष्ट्रेशन गर्न सक्ने ईन्स्टिच्यूटकी प्रबन्धन निर्देशक अकृजा पोखरेलले बताउनुभयाे । यो क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि निकै गज्जबको अवसर हो । किनभने विद्यार्थीहरुले सोझै क्यानडाको यूनिभर्सिटी र कलेजका प्रतिनीधिहरुसँग त्यहाँको शैक्षिक प्रणाली, शैक्षिक स्थिती र अध्यापन शैलीको विषयमा जानकारी लिन सक्नेछन् । पोखरेलले भन्नुभयाे म सकेसम्म अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुले यो वेभिनार नछुटाउन भन्ने चाहन्छु ।

वेभिनारमा क्यानडाका २० भन्दा बढि कलेज तथा युनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई सहजीकरण गर्नेछन् । वेभिनारमा विद्यार्थीहरुले क्यानडा अध्ययनका लागि आवश्यक प्रकृया, त्यहाँको कलेजहरु र ती कलेजले पढाउने विभिन्न विषयगत कक्षाहरुको बारेमा जानकारी लिन सक्नेछन् । साथै वेभिनारमा सहभागी विद्यार्थीहरुले अनलाईनमार्फत तत्काल भर्ना रजिष्ट्रेशन गर्ने मौका पाउनुका साथै क्यानडियन कलेज तथा यूनिभर्सिटीबाट पाउने छात्रवृत्ति समेत पाउनेछन् ।

वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागि क्यानडा सबैभन्दा धेरै रोजाईमा पर्ने मुलुक हो । अष्ट्रेलिया र अमेरिकापछि सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनका लागि क्यानडा जान चाहने रेकर्डले देखाउँछ । विश्वस्तरीय अध्यापन शैली र अध्ययनपश्चात रोजगारीको पनि अवसर हुने भएकोले नेपाली विद्यार्थीहरुको अत्याधिक रोजाईमा क्यानडा पर्दै आएको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने