fbpx

जिटिन गण्डकीमा पुनः किसमकुमारीको अध्यक्षतमा नयाँ कार्यसमिति

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ रहनुभएको छ । अधिवेशनका लागि जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङ रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

नव निर्वाचित पदाधिकारीलाई संघद्वारा गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी एवम् सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहका बीच नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले खादा तथा अविर लगाएर सम्मान गर्नुुभएको थियो । कार्यक्रममा मन्त्री गुरुङले प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै उहाँले यसको प्रवद्र्धन र विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्ने उहाँले आवस्यकता औंल्याउनुभयो । सरकारले जनताले अनुभुती गर्ने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको बताउँदै उहाँले काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्नका लागि बिभिन्न ११ वटा कानुन बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्प बन्नसक्ने बताउनुभयो । गुरुङ समूदायका व्यक्तिहरूले शैक्षिक रुपका साथै अन्य विभिन्न तवरले आँफूलाईसक्षम बनाउनुपर्ने उहाँले बताउनुभयो । हाम्रो इतिहास रसंस्कृति जोडिएको ठाउँलाई पर्यटकीय रुपमा उपयोगथ गर्दै त्यसबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले यस सम्पदा पदमार्गलाई पर्यटनमा परिणाम दिनेगरी प्रबद्र्धनको प्रयासमा जुटेको बताउनुभयो । संघले अन्वेषण एवम् अनुसन्धान पश्चात यसको प्रवद्र्धनलाई जोड दिएको उहाँले बताउनुभयो ।

संघका अध्यक्ष किसमकुमारी गुरुङले यस सम्पदा पदमार्गलाई बिभिन्न तीन चरणमा प्रबद्र्धन गर्ने गरी लागेको बताउनुभयो । यसको प्रवद्र्धन र विकासमा तीनवटै तहका साथै सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरूको प्रवद्र्धनमा निरन्तरता दिदै संस्थामा आवद्ध व्यवसायीहरूको हितको साथै जिटिनलाई थप उचाइमा पुर्याउन सदैव लागी पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यो पदमार्गलाई प्रवद्र्धन र संरक्षण गर्नुका साथै परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन सचिव कुमान सिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा धेरैसम्भावना देखिएको बताउँदै यसको उजागर सँगै प्रवद्र्धन र विकासका लागि मन्त्रालयका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पुर्याउनुभएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियोे । उहाँलाई २५ हजार २५ रुपैयाँ नगद र सम्मापत्र प्रदान गरी मन्त्री गुरुङले सम्मान गर्नुभयो । उक्त अवसरमा पदमार्गको अन्वेषणमा महत्वपूर्ण सहयोग गरेको भन्दै जिटिन नेपालका
कार्यसमिति सदस्य एवम् अन्वेषण विज्ञ सञ्जीब गुरुङलाई पनि सम्मान गरिएको थियो।

संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापत्वि एवम् महासचिव तुलबहादुर गुरुङले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गर्नुभएको थियो । कार्यक्रममा जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा
पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङ , नेपाल घरेलुु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ लगायतले गुरुङ सम्पदा पदमार्गको सम्भावना बारे प्रकाश पार्नुभयो ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन