fbpx

गुल्मीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान

author

समाचारपाटी

२ years अगाडि

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन्। वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो।

शेरचनको शव आफ्नै होटलभित्र प्लाष्टिकको टेपले हातखुट्टा र मुख बाँधेर मृत अवस्थामा भेटिएको थियो । उहाँको हत्यामा बाग्लुङ्गको वडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका-१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका-७ बस्ने शिव बहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाण्डौंको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिएको थियो। निजको बयानको आधारमा तिन जना मिलेर सामुहिक हत्या गरेको खुलेपछि प्रहरीले थप अनुसन्धानलाई तिव्रता दिएको थियो।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुको बयानका आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

हत्यामा संलग्न यी तिन जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी कार्यलाई तिव्रता पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक गंगा शेरचनको शव मृत अवस्थामा भेटिएपछि संकास्पद लागेर जिल्ला प्रहरी कार्यालय गुल्मीले विज्ञ कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको थियो ।

onlinekhabar


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...