fbpx

गुल्मीमा २ करोड लगानीमा तीन युवाले खोले खानेपानी उद्योग

author

समाचारपाटी

२ हप्ता अगाडि

गुल्मी । गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् । रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् ।रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गर्नुभएकाे हाे । कुँवर सिभिल इन्जिनियर र पन्थी मेकानिकल इन्जिनियर हुनुहुन्छ ।

रेसुङ्गा काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताउनुभयाे । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ । उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी बजार पठाउने गरिएको सञ्चालक पन्थीले बताउनुभयाे । पानी गुल्मीभरि पठाउन थालिएको उहाँले बताउनुभयाे ।

उद्योगका अनुसार जिल्लाको माग पूरा भएपछि अन्य जिल्ला पठाइने छ । प्रतिबोतल २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका बेला तीन युवाले आँट गरेर पानी उद्योग सञ्चालनमा ल्याएपछि जिल्लामा उद्योग–व्यवसायमा सम्भावना देखिएको गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयाे ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन