काठमाडौं । १६ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित भयो ।
आईपीएलमा चेन्नाईसँग भएको तीन खेलमा गुजरात अपराजित रहेको छ । अहमदाबादमा चेन्नाईले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । गुजरातका शुभमन गिलले ६३ रन बनाए । त्यस्तै विजय शंकरले २७, रिद्धिमान शाहले २५ र इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको ठाउँमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।