fbpx

ग्रीनल्याण्ड पब्लिक स्कूल भरतपुरमा नमुना निर्वाचन सम्पन्न

author

समाचारपाटी

४ हप्ता अगाडि

भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूलले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू निर्वाचित गरेको छ।

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आ-आफ्ना प्रतिनिधिहरू चुनेका हुन्। कुल ३६ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदन का नायक-सहनायक गरि जम्मा १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन्। मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ आतित्य थापा, उप कप्तानमा सचिन खनिया र छात्रातर्फ अमिता प्रजा र प्रिया सिलवाल क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन्।

त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, निलो सदनबाट दिसन पुलामि मगर – विपसना अर्याल, हरियो सदनबाट पुर्णिमा मण्डल – शिभ सुनार, रातो सदनबाट विराज थपलिया – सजिना कार्की, र पहेलो सदनबाट अनिस कुंवर – जेशिका भारती, निर्वाचित भएका छन्। निर्वाचन सञ्चालन समितिको संयोजकको भुमिकामा रहनुभएका विद्यालय अतिरिक्त क्रियाक्रलाप विभाग प्रमुख सन्देश घिमिरेले ग्रीनल्याण्ड पब्लिक स्कूलले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो प्रक्रिया यसै वर्षदेखि नवीन थालनी भएको र यसवाट विद्यार्थीले प्रजातान्त्रीक निर्वाचन प्रणाली राम्रोसँग बुझ्न पाएको बताउनुभयाे।

निर्वाचन अधिकृतको भुमिकामा रहनुभएकी विद्यालयकी प्रिन्सिपल इन्दिरा पन्त कार्कीका अनुसार उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पूर्ण अनुसरण गरेको थियो। नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउँदै, राजनीतिक सामाजिकीकरण को स्वस्फूर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको कार्कीले बताउनुभयाे।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन