मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक

author

समाचारपाटी

१ year अगाडि

असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ। मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन्।

आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ। तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन्। मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ।

ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ। तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ।

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो त ?
ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ। ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ। यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ।

– सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस्।

– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस्।

– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।

– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।

– यदि तपाईँ टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस्।

– त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस्।

– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ।

– ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस्।

तौल घटाउनको लागि ग्रिन टी कहिले पिउने ?

यद्यपि तपाईले जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ। यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ। बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईँको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ। ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ।


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन