पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

author

समाचारपाटी

२ years अगाडि

पोखरा । एघारौँ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी सँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो ।

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।

सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले आफुहरु निकै उत्साहित भएको बताउँदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

त्यस्तै क्ल्वका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको बताउँदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयाे ।

युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएको र महोत्सवको आम्दनीबाट युनाईटेड क्लवले सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले महोत्सवमा सहकार्य गर्ने सम्पूणर्को योगदान महत्वपूर्ण रहेको बताउनुभयाे ।

त्यसैगरी एघारौं पोखरा महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच एघारौं पोखरा महोत्सव खानेपानी ब्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङले सामाजिक क्षेत्रमा अब्बल युनाईटेड क्लव संगको सहकार्यले आफ्नो ब्यवसाय प्रवद्र्धन संगै सामाजिक काममा अगाडि बढ्न पाउदा आफुहरुमा उत्साह थपिएको बताउनुभयाे ।

महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे । जस अनुरुप महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन