सरकारले प्रतिवद्धता पूरा नगरेपछि ग्रिकका किसानहरू आन्दोलित

author

समाचारपाटी

१ year अगाडि

ग्रिकका किसानहरुले सरकारले किसानहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै बिरोध प्रदर्शन शुरु गरेका छन् । किसानहरूले फेब्रुअरी १ मा देशभर बिरोध प्रदर्शन गर्ने योजना बनाइरहेका  छन् । सरकारले कुनै ढिलाइ नगरी पर्याप्त आर्थिक सहायताको वाचा गरेको भएपनि पूरा नगरेको उनीहरुको आरोप छ । देशको मुख्य कृषि उत्पादन क्षेत्रहरूमध्ये एक मध्य ग्रिकको थेसाली क्षेत्रको पालामास नगरपालिकामा परिचालन योजनाहरू छलफल गर्न किसान संघका प्रतिनिधिहरू भेला भएका थिए । 

सेप्टेम्बरको बाढीबाट भएको विनाश र क्षतिको कारणले गर्दा आफूहरु बिरोधमा उत्रिनुपरकेको उनीहरुको भनाइ छ । आधिकारिक अनुमानका अनुसार यस क्षेत्रलाई सेप्टेम्बरमा आँधीले ठूलो असर गरेको थियो । जसकारण व्यापक बाढी आएको थियो परिणामस्वरूप १५ जनाको मृत्यु भएको र लगभग एक अर्ब यूरो (लगभग १.०८ बिलियन अमेरिकी डलर) बराबरको ठूलो भौतिक क्षति भएको थियो । ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मङ्गलवार गत वर्ष प्राकृतिक प्रकोपबाट भएको क्षतिका लागि सरकारले स्वीकृत गरेको प्रारम्भिक क्षतिपूर्तिमा १० हजार युरो सम्मको वृद्धि गर्ने घोषणा गर्नुभएको छ । किसानले अहिलेसम्म २ हजार युरो मात्र पाएको स्वीकार गर्दै प्रधानमन्त्रीले बाली तथा उत्पादनमा भएको नोक्शानीको पूर्ण क्षतिपूर्ति दिने प्रतिवद्धता गरेको कुरा दोहोर्याएका छन् । पछिल्ला हप्ताहरूमा, किसानहरूले ट्रयाक्टरहरूसहित राजमार्गहरू अवरुद्ध गर्न थालेका छन् । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, असार १०, २०८२

२३.९१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...