ग्राण्डी इन्टरनेश्नलद्वारा एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । 


महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका थिए । जसमध्ये १० प्रतिशतमा विस्तृत किसिमको परीक्षण गर्नुपर्ने देखिएको छ । रेडियोलोजिष्ट डा.अनामीका झाले स्तन क्यान्सर रोगबाट बच्नका लागि  ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘अक्टुबर महिना ब्रेस्ट क्यान्सरको अवेयरनेसको महिना भएकोले छानेको हो । आजको क्याम्पमा हामिले मुख्यतः ३० वर्ष पूरा गरेका महिलाहरुको स्तन क्यान्सरको लागि स्क्रिनिङ गर्न खोजेको हो । यस्तै शंका लागेकालाई अल्ट्रा साउण्ड पनि गरेका छौं । यस्तै, स्तन क्यान्सर हुन नदिन जनचेतना पनि पैदा गरेका छौँ ।  त्यो सँगै म्यामोग्राम कहिले गर्ने ? अल्ट्रा साउण्ड कहिले गर्ने ? आफूलाई स्तन क्यान्सर हुन नदिन के के कुरामा शतर्क हुने भन्ने कुरामा जानकारी गरायौं । हामीले लक्षणको वेट गर्नुपर्दैन । स्क्रिनिङ म्यामोग्राम ४० वर्ष कटेपछि प्रत्येक वर्ष एक पटक गराउनुपर्छ । यस्तो कुराहरु आज हामीले फोकस गरेका हौँ । ’डा झाले स्तन क्यान्सरबाट बच्न समय समयमा परीक्षण गराइरहन सुझाव दिनुभयो ।  


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन