fbpx

भुपु सैनिक आवासीय मावि, बेसिशहरमा कक्षा ९ का विद्यार्थीद्वारा भव्य फुड फेस्टिवल सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

लमजुङको भुपु सैनिक आवासीय मावि, बेसिशहरमा कक्षा ९ का विद्यार्थीहरूद्वारा आयोजित विशेष फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेका छन्। शिक्षणको नयाँ पद्धति अन्तर्गत विद्यार्थीहरूलाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले विद्यालयभित्र उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।

फुड फेस्टिवलमा म:म, पकौडा, आलु पराठा, फ्रेन्च फ्राइ, सुक्का रोटी तरकारी, चिया, कफी लगायतका विभिन्न परिकारहरू तयार पारिएको थियो। कक्षा ९ का विद्यार्थीहरूले आफ्नै हातले परिकार बनाएर बिक्री गरेका थिए। जसमा विद्यालयका शिक्षक, कर्मचारी र अन्य कक्षाका विद्यार्थीहरूले सहभागी भई परिकारहरूको स्वाद चाखेका थिए। फुड फेस्टिवलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनु, सीप सिकाउनु र व्यवसायबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको विद्यालयले जनाएको छ।

यस कार्यक्रमले विद्यार्थीहरूमा समूहमा काम गर्न सक्ने क्षमता, योजना बनाउने कला र ग्राहकप्रतिको सेवा भावको विकास गरेको विश्वास गरिएको छ। विद्यालयका शिक्षकहरू, र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। फेस्टिवलको क्रममा जम्मा गरिएको रकमलाई भविष्यमा पनि विद्यार्थीहरूको विकासका लागि खर्च गरिने बताइएको छ। विद्यालयका सह- प्रधानाध्यापक सुबोध न्यौपानेले, यस प्रकारका गतिविधिहरूले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा आधारित बनाउन र भविष्यका लागि तयार गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो।

कक्षा ९ का विद्यार्थीहरूको सक्रियता र मेहनतले कार्यक्रमलाई सफल बनाएकोमा विद्यालय परिवारले धन्यवाद व्यक्त समेत गरेको छ। फुड फेस्टिवलले विद्यार्थीहरूको क्षमता विकासमा मात्र नभई विद्यालयको रचनात्मक वातावरण सिर्जना गर्न समेत सहयोग पुर्‍याएको छ। यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना विद्यालयले बनाएको छ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन