fbpx

विज्ञहरु भन्छन्ः ‘संक्रमणकालीन न्याय सम्पादन गर्न अब बन्ने आयोगलाई असफल हुने छुट छैन’

author

समाचारपाटी

२ महिना अगाडि


पूर्वकानूनमन्त्री गोविन्दप्रसाद बन्दीले व्यक्तिगत आग्रहका आधारमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका परिवारका व्यक्तिको छानविन आयोग बनाइए परिणाम दिन नसक्ने बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनियता अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिफारिस समितिले आयोगका लागि व्यक्तिहरु निष्पक्षतापूर्वक सिफारिस नगरेको चर्चा सुनेको बताउनु भयो । योग्यता नहेरी आफ्ना व्यक्तिहरुलाई आयोगको सदस्य बनाए पुनः डिरेल हुने सम्भावना रहेको बताउनु भयो । प्रक्रियाबाट आयोग गठन भएको खण्डमा नतिजा सकारात्मक आउने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘यसो बजारमा हेर्दा, सुन्दा बुझ्दा अलिक मान्छेहरु बेरोजगार भएछन् की भन्ने पनि लागेको छ । मेरो विचारमा यो रोजगारीको संस्था होइन । यो मान्छेलाई रिक्वेस्ट गरेर, अनुरोधपूर्ण रुपमा आएर सहयोग गरिदिनुस् । तपाईंको सक्रियता, क्षमता, तपाईंले अहिलेसम्म काम गर्दा देखाउनुभएको निष्पक्षता अब देशका लागि चाहियो भनेर मान्छेहरु ल्याउनुपर्ने ठाउँमा, हामी कसलाई मसँग को नजिक छ ? भन्ने आधारमा चयन ग¥यो भने यो फेरि प्रोसेस डिरेल हुनसक्छ । तमाम उदाहरण छन् । श्रीलंकामा ५ औं पटक डिरेल भयो । अहिले पनि पार्टीसिपेटको इंगेजमेण्ट जुन लेभलमा हुनुपर्ने हो त्यो कताकता भएको होइन की जस्तो कुरा सुन्दा लाग्छ । स्टेक होल्डरसँगको एउटा कन्फिडेन्स बिल्डिङ प्रसेस बलियो बनाएर लैजानुपर्छ । मान्छे को आउँछन्, त्यसमा सरोकार राख्दिन । प्रसेसले नै कुन मान्छे आउने र नआउने तय हुनुपर्छ । व्यक्तिगत आग्रहका आधारमा राखियो भने त्यसले परिणाम निकाल्न सक्दैन ।’ 


कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्यप्रसाद शर्मा ढुंगेलले राजनीतकि दलहरुमा अहिले विश्वासको संकट रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुबीच विश्वसनियता कायम हुनसके मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन बनाइने आयोगहरुले काम गर्नसक्ने बताउनु भयो । उहाँले सर्च कमिटीले सिफारिस गरेका व्यक्तिहरुको योग्यतामाथि प्रश्न उठाउन नसकिने तर सर्च कमिटी सरकारको नेतृत्वको मुख ताकेर बस्न नहुने बताउनु भयो । उहाँले निष्पक्ष र स्वतन्त्र ढंगबाट आयोग गठन हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले हाम्रोमा विश्वासको संकट छ । विश्वसनियता दिलाउन आवश्यक छ । अहिलेको लक्षण राम्रो के देखिएको छैन भने सर्च कमिटीमा आउने मान्छेहरुको योग्यतामाथि प्रश्न उठाउने हामीलाई ठाउँ छैन । सर्च कमिटी सरकारको नेतृत्वको मुख ताकिरहनु भएको छ भन्ने जुन म्यासेज गइरहेको छ, त्यसले राम्रो परिणाम दिँदैन । उहाँहरु प्रभावित हुन थाल्नुभयो भन्ने म्यासेज दिन्छ । निष्पक्ष र स्वतन्त्र ढंगबाट आयोग गठन गर्नुपर्छ । त्यो विश्वास सर्च कमिटीले दिन सक्नुपर्छ ।’


कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी चरण प्रसाईंले विगतका आयोगहरु फेलियर नभइ सिफारिस समितिहरु फेलियर भएको बताउनु भयो । उहाँले सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरुबाटै आयोगको निर्माण भएको उल्लेख गर्दै अब सिफारिस गर्दा समितिलाई फेल हुने छुट नरहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानेर आयोगले काम गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हिजोको सिफारिस समिति फेलिएर भएका हुन् । आयोग फेलिएर भएका होइनन्, आयोग फेलियर भएका हुन् । सिफारिस समितिले जस्तो मान्छे पठाए त्यस्तैबाट आयोग बनेको हो । आयोगलाई फेल हुने छुट छैन । संक्रमणकालीन न्याय सम्पादनमा कहाँ चुक्यौँ भन्नेकुरा महत्वपूर्ण हो । हामी टाइमलाइनमा चुकेको हो । विस्तृत शान्ति सम्झौताले प्रशस्त ठाउँ दिएको छ । अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आधार मानेर अघि बढ्ने भनिएको छ ।’


उहाँले सर्च समितिले आयोगका लागि सक्षम, भरपर्दो, स्वतन्त्र व्यक्ति सिफारिस गर्नुपर्ने बताउनु भयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने माहोल बनेको अवस्थामा कोही पनि चुक्न नहुने बताउनु भयो । सबैले सहयोग गर्ते तर राजनीतिक दलले असयोग गर्न नहुने उल्लेख गर्नुभयो । राजनीतिक दलहरुले सिफारिस समितिलाई असफल बनाउने प्रयत्न गर्न नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन