नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौंः गभर्नर महाप्रसाद अधिकारी

author

समाचारपाटी

१ year अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ । सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गर्नुभयो । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आएपनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो,‘नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो छ । बैंकिङ अभ्यास पारदर्शी छ । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलिया बनाउने किसिमका छन् । पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यतिकै ढल्न दिँदैनौं । यो कुरामा राष्ट्र बैंक प्रतिवद्ध छ । बैंक अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार बैंकको पुँजी तल गयो भने फेल हुनसक्छ । नहुने भन्ने होइन । तर त्यसको असर बजारमा कस्तो पर्छ भन्ने सबै कुरा हेरेर मात्रै अमेरिकाको २००७÷०८को घटनालाई सम्झनु भयो भने एउटा घटना क्रम अनुसार अन्य सारा घटनाक्रम घट्दै गए । ती हाम्रो लागि महत्वपूर्ण लेसन हुन । अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु फेल हुने अवस्थामा छैनन् । साना–साना संस्था त्यो अवस्थामा आए भने पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम छ । बैंक डुब्ने अवस्थामा पुगे पनि वचतकर्तालाई सुरक्षित गर्ने मेकानिजम पनि छ । राष्ट्र बैंकले नियमन र अनुगमन गरेका बैंक वित्तीय संस्थाको वचत कुनैपनि हालतमा डुब्ने अवस्था आउने दिने छैनौं । बैंक तथा वित्तीय संस्थाहरुले पनि त्यहीअनुसार काम गर्दै आएका छन् ।’

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताउनु भयो । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाई छ । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताउनु भयो । उहाँले  विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण  लिएका कारण हालको समस्या निम्तिएको धारणा राख्नुभयो । उहाँले ऋणहरुले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताउनु भयो । गभर्नर अधिकारीले यस वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको वर्ष भएको धारणा राख्नुभयो । उहाँले यसलाई अन्यथा लिन नहुने भन्दै नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको उल्लेख गर्नुभयो । उहाँले तत्काल आत्तिनुपर्ने अवस्था नभएको भन्दै शेयरधनीलाई लाभांश नदिएर भएपनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यकता आंैल्याउनु भयो । उहाँले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी हुँदा त्यसले अरुलाई पनि असर गर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘१४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्रको लागि राम्रो अवसर हो । बैंकहरुको लागि पनि राम्रो हो । बैंकको तरलतामा सहजता ल्याएको छ भने राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना गरेको छ । बैंक वित्तीय संस्थाहरुलाई लगानी गर्ने ठाउँ बनाई दिएको छ । त्यसलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं । समाजमा धेरै आम मानिसहरुको गुनासो आर्थिक शिथिलता भयो । आर्थिक गतिविधिहरु भएन । समग्रमा माग घटेको अवस्था छ । उद्योगहरु क्षमताअनुसार चल्न सकिराखेको अवस्था छैन । त्यसको असर धेरैमा परिरहेको छ । बैंकहरुको लगानी बढी भयो भन्ने विषयमा बोल्दा प्रश्नहरु उठे । त्यो बेलाको ओभर फाइनान्सिङ,हाम्रो व्यक्तिगत लेभलमा ओभर कर्जा हामी भित्रको सबै भन्दा ठूलो समस्या हो । कसैलाई दोष दिने ठाउँ छैन । बैंकका ग्राहकहरु पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए । बैंकहरुले पनि कर्जा लिने क्षमता यति हो यहाँ भन्दा बढी जानुहुँदैन भनेर सोचिदिएको भए । अहिले बैंकहरुलाई समस्या पर्ने थिएन । ग्राहकहरुलाई समस्यामा पर्नुमा राष्ट्र बैंक पनि दोषी छ । यो वर्ष बैंकहरुको खराब कर्जा बढेको वर्ष हो । बढेको भन्दा पनि बैंकहरुको वास्तविकता बाहिर आएको वर्ष हो । बैंकिङ प्रणाली एकदमै पारदर्शी छ । कयौं वर्षसम्म चालुपुँजी कर्जा मार्ग निर्देशन लागू नभएसम्म केही समय पाउनुभयो । पुरानो कर्जा तिर्ने प्रयोजनको लागि थाहा नपाइ लिमिटहरु राखेर पनि थप कर्जा लिएर ऋणहरुले कर्जा तिर्ने अवसर पाए । चालुपुँजी कर्जा मार्ग निर्देशन आएपछि त्यो अवसर रहेन । आर्थिक गतिविधि कमजोर भएको कारण कर्जा असुलि कमजोर भएको अवस्थामा चालुपुँजी कर्जा मार्ग निर्देशन लागू हुदाँ थप बल पु¥यो । ३.४० प्रतिशत खराब कर्जा पुग्दा नेट खराब कर्जा १.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा बढेर शेयरधनीहरुले कम लाभांश पाएपनि बैंकहरु बलियो हुनुपर्छ । धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक,सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताउनु भयो । उहाँले नेपालका कुनैपनि बैंकहरु अराजक,सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी गर्नुभयो । उहाँले अहिले बैंकको आम्दानी घटेको बताउनु भयो । उहाँले आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्या्े अवस्थामा पुुग्नसक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्याङ्क नहेरेको बताउनु भयो । 

उहाँले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको दाबी गर्नुभयो । राष्ट्र बैंकले लिने नीतिहरु तत्काल भन्दा पनि भविष्यमा आउने समस्या समाधानको लागि सहयोगी बन्ने गरेको धारणा व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन