fbpx

बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर महाप्रसाद अधिकारी

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ ।

बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गर्नुभयो । उहाँले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको उल्ल्लेख गर्नुभयो । उहाँले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भएपनि निष्क्रिय कर्जा बढेको बताउनु भयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताउनु भयो । उहाँले प्रोभिजनको व्यवस्थाले बैंकहरु आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गर्नुभयो ।  

उहाँले भन्नुभयो,‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौं, बैंकर साथीहरूले सघाउनुभएको छ । जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ । हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौं तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ । यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ । हामीले काम गर्दा प्रशस्त चुनौति छन् । बैंकिङ क्षेत्र झन् चुनौतिमा छ । संवेदनशीलता तपाईंहरूलाई थाहै होला । हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैंकिङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको हो । पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।’

उहाँले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको बनाउनु भयो । उहाँले जुन बैंक इफिसियन्ट भयो त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरुको लाभांश क्षमता घटेको भन्न नमिल्ने उल्लेख गर्नु भयो । उहाँले कुनै बैंकले २६ प्रतिशतसम्म लाभांस बाडे भने कसैले शून्य लाभांश बाँडेको बताउनु भयो । उहाँले  बैंकिङ क्षेत्रलाई वाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको बताउनु भयो । उहाँले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरुबाट काम हुन नसकेको बताउनु भयो । उहाँले बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरु पुगेको बताउनु भयो । बैंकहरु नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन