‘बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन ,यो गर्न नहुने काम हो’:-डेपुटि गभर्नर बमबहादुर मिश्र

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनुगलत भएको बताउनुभएको छ ।  

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताउनुभएको हो । उहाँले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गर्नुभयो । उहाँले बैंक वित्तिय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर जनताको पैसा भएको बताउनु भयो । डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताउनु भयो । उहाँले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेहरुलाई कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताउनु भयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने,ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको सम्पति बैंकहरुले लिलामी गर्न रोक्ने लगायतका विषयमा ऋणीहरुलाई बुझाउँदै आएको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने बताउनु भयो । उहाँले  पछिल्लो समय लघुवित्त,ब्याज बारे बाहिर आइरहेका विषयमा जानकार रहेको बताउनु भयो । उहाँले राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्टल बैंकहरुले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले व्यवसायीहरुको हीतको लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगत रुपमा गर्नसक्ने विषयमा केके गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘पछिल्लो समय लघुवित्त,ब्याजका विषयमा धेरै विषयहरु बाहिर आइरहेका छन् । अर्को बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुराहरु आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ । बैंक तथा वित्तीय संस्थाहरुबाट जसले कर्जा प्राप्त गर्नुभएको छ । यसले कर्जा तिर्नुपर्दैन, अब कर्जा तिर्दिन । कर्जा नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग व्यापार व्यवसाय मन्दीमा जानसक्छ । बैंकको ब्याज वृद्धि हुनसक्छ र घट्नसक्छ । राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिवर्तन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्टल बैंकहरुले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । नेपाल आयातमुखी भएको र आयातमा आएको संकुचनको कारण समस्या आएको छ । यसको कारण व्यवसाय बिस्तारमा केही कमी आएको छ । राष्ट्र बैंकले व्यवसायीहरुको हितको लागि केही सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले नीतिगत रुपमा गर्नसक्ने विषयमा केके गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ । अहिले दैनिक जीवनमा देखिएका कालोमोसो लगाउन दस्ता बनाउने कामले समाजमा विश्रृंखलता पैदा गर्छ । बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ । बैंक वित्तीय संस्था लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको होइन । त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले बैंकमा राखेको पैसा हो । कर्जा लिनेहरुले कर्जा दिँदिन भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुन्छ । त्यसैले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भनि कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिनुहुँदैन । कर्जा दिन ढिला हुनसक्छ । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ । यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं । बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने वित्तिकै राष्ट्र बैंकको गुनासो केन्द्रमा गुनासो गर्नुभए तत्काल कारबाही गर्छ ।’

उहाँले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रुपमा घोषणा गरेको बताउनु भयो । उहाँले सन् २०२३ को वर्ष भरलाई डिजिटल पेमेन्टको वर्षको रुपमा लिएको बताउनु भयो । उहाँले पछिल्लो समय डिजिटल बैंकको अवधारणा विश्वभर विकाश भइरहेको बताउनु भयो । मिश्रले त्यसको लागि राष्ट्र बैंकले कानूनमा गर्नुपर्ने परिमार्जनका विषयमा काम गरिरहेको उल्लेख गर्नुभयो ।  

उहाँले कोरोना महामारीपछि नेपालमा पनि डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले पनि सबै क्षेत्रमा डिजिटल कारोबार पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्ने प्रधानमन्त्रीको दावी

पोखरा ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली...

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अझै ६ वटा मन्त्रालयमा मन्त्री...

‘संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१९.३८°

-
Clouds